Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘बैंकिङ एक्स्पो’ मा के हे हुँदैछ ? 

२०७४ बैशाख १२ गते

आगामी बैशाख १५, १६ र १७ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने बैंकिङ ‘एक्स्पो’मा शेयरबजार लगायतको आकर्षण रहने भएको छ  मिडिया इन्टरनेसनलको संयोजकत्वमा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एशोसियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एसोशियसन लगायतका संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो । बैंकिङ एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, यूवा स्वरोजगार कोष, नागरिक लगानी कोष, शेयरसँग सम्बन्धित संस्थाहरु, बैंक, वित्त, बीमा, माइक्रो फाइनान्स तथा रेमिट्यान्सहरुले सूचनामूलक स्टल राख्ने छन् । स्टलबाटै कुनैपनि बैंकको बैंक खाता पनि खोल्न सकिने छ । बैंक, वित्त, बीमा र शेयर बजार सम्बन्धी सूचना मूलक मेला ‘बैंकिङ एक्स्पो –२०७४’ मा हुने मूख्य आकर्षणहरु यस्ता छन् ः 

बैंकिङ स्टलहरु संचालन गरिने 
यो कार्यक्रममा बैकिङ, लघुवित्त, बीमा, शेयर बजारसँग सम्बन्धित तथा अन्य संघसंस्थाका गरी करिव ४५ स्टलहरु संचालन हुनेछन् । नेपाल राष्ट्र बैंक, बीमा समिति, नागरिक लगानी कोष, यूवा स्वरोजगार कोष, नेपाल क्लीयरिङ हाउस, गैरसरकारी एवं सरकारी वित्तीय संघसंस्था, बैंकिङ संघसंस्था, बैंकवित्त कम्पनि, बीमा कम्पनीहरु, माइक्रोफाइनान्स तथा रेमिट्यान्स कम्पनीहरुले सूचनामूलक स्टलहरु राख्नेछन् ।

वित्तीय चेतना अभिबृद्धि कार्यक्रम संचालन 
उक्त अवधिभर सूचनामूलक स्टलको साथमा एउटा सभाहल संचालन गरिने छ । जसमा हरेक दिन वित्तीय चेतना अभिवृद्धि, बीमा शिक्षा, उद्यमशिलता जस्ता विषयमा विभिन्न सामग्रीहरु, प्रस्तुत गरिनुका साथै दैनिक रुपमा अन्तरक्रिया कार्यक्रमसंचालन गरिने छ । 


विभिन्न कार्यपत्रहरु प्रस्तुत 
नेपालमा क्रियाशिल अन्तराष्ट्रिय वित्तीय संघ संस्था, नेपाल राष्ट्र बैंक, बीमा समिति, बैंकर्स संघ, मर्चेन्ट बैंकर्स एसोसियसन, नेपाल ब्रोकर एसोशियसन, डेभलपमेन्ट बैंकर्स एशोसियशन, वित्त संघ, माइक्रो फाइनान्स एशोसियसन, रेमिटर्स एशोसियसन तथा विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रबक्ताबाट सम्बन्धित वित्तीय क्षेत्रको अबस्था बारे कार्यपत्र प्रस्तुत गरिने छ । यसरी प्रस्तुत कार्यपत्रहरु वित्तीय क्षेत्र सुधारका लागि महत्वपूर्ण मार्गदर्शन बन्ने अपेक्षा गरिएको छ ।