Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारी जागिर छोडेका आचार्य गाइपालनले मालामाल 

२०७४ बैशाख ११ गते

सरकारी नोकरी कसलाई खान मन हुँदैन र तर त्यो जवाफ मोरङको मधुमल्ला गाविसका एक शिक्षक कृष्ण आचार्यको सवालमा गलत हुनसक्छ । माध्यमिक तहमा १२ वर्षसम्म नेपाली विषय अध्यापन गराएका मधुमल्ला–९ का कृष्ण आचार्य सरकारी जागिर छोडेर गाईपालन गरिरहेका छन् । सरकारले पशुपालन गर्ने किसानलाई अनुदान दिन थालेपछि आचार्यलाई पशुपालन गरिरहँदा थप प्रोत्साहन मिलेको छ । उनका अनुसार १२ वर्ष काम गर्दा ३६ वर्षीय आचार्यलाई सरकारी जागिरबाट सामान्य तलव मात्र प्राप्त भयो । उनले भन्छन्, “विद्यार्थीलाई पढायो, घर फक्र्यो हैरान ।”

सरकारी जागिरको दैनिकीबाट मान र सान प्राप्त गर्न नसकेपछि आचार्यले २०७० देखि रु २४ हजार ४०० तलब आउने जागिरबाट राजीनामा दिएर गाईको पालन थालेको बताए । गाईपालन सुरु गरेका दिनमा उनलाई घाँसपानी, कुडो खोले गर्न धेरै गाह्रो भयो । पत्नी अम्बिका र परिवारका सबै सदस्यको साथ पाएपछि आचार्यले तीन वर्ष नपुग्दै आफ्नो गोठलाई आकृति कृषि फारममा बदल्न सफल भए । अहिले दैनिक ८०÷९० लिटर दूध उत्पादन गर्दै आएका आचार्य १५र२० लिटर दूध गाउँ मै बेच्नु हुन्छ । बाँकी पथरी र उर्लाबारीका डेरी उद्योगमा बिक्री गछन् । दैनिक रु चार हजारको दूध बेच्छन् । यतिखेर खर्च कटाएर मासिक रु ७५ देखि ८० हजार बचत हुने गरेको आचार्यको भनाइ छ । उनको गोठमा अहिले नौ वटा दुहुना गाई, १३ वटा ब्याउने गाई, सात वटा बाछाबाछी छन् । प्रत्येक चार महिनामा छ ट्र्याक्टर गोबर बिक्री गर्दै आएका आचार्यले प्रतिट्र्याक्टर रु तीन हजारका दरले गोबर मल बेच्छन् । रासस