Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शेयर सम्बन्धि नयाँ निर्देशिका आउँदै

२०७४ बैशाख ३ गते

सार्वजनिक सेयर निष्कासन (एफपिओ) सम्बन्धी नयाँ निर्देशिका आउने भएको छ । नेपाल धितोपत्र बोर्डले पुरानो निर्देशिका परिमार्जन गरी नयाँ निर्देशिका ल्याउने भएको हो । कम्पनीहरुले पहिलो पटक एफपिओ निष्कासन गरेको छोटो समयमा नै दोस्रो पटक एफपिओ निष्कासनका लागि आवेदन दिनेको सङ्ख्या बढेकाले पुरानो निर्देशिका परिमार्जन गरी नयाँ निर्देशिका ल्याउन लागेको धितोपत्र बोर्डले जनाएको छ । 
धितोपत्र बोर्डले नयाँ निर्देशिका ल्याउने तयारी गरे सँगै कम्पनीहरुले सार्वजनिक सेयर निष्कासनका लागि निर्धारित केहि समय पर्खनु पर्ने छ । पछिल्लो समय सेयर निष्कासन गर्ने कम्पनीहरुले छोटो अवधिमा नै धेरै पटक एफपिओ निष्कासन गर्नका लागि आवेदन दिन थाले पछि नयाँ निर्देशिका ल्याउनुको विकल्प नभएको धितोपत्र वोर्डले जनाएको छ । नयाँ निर्देशिका जारी भए पछि पहिलो पटक सार्वजनिक सेयर निष्कासन गरेको बैंक, वित्त अथवा अन्य कुनै कम्पनीले निर्धारित समायावधि सम्पन भए पछि मात्रै पुनः एफपिओ निष्कासनका लागि आवेदन दिन सक्नेछन् ।