नेपाल राष्ट्र बैंकले छ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । पाँच वर्षका लागि जारी गर्न लागिएको उक्त ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । वैशाख ६ गते निष्काशन गरिन ऋणपत्र खरिद गर्न चाहनेलाई ५ बजे अपरान्ह ३ बजेभित्रमा बोलपत्र पेश गरिसक्न आह्वान गरिएको छ । बोलपत्र अनलाइन विडिङ सिस्टम (http:// obss.nrb.org.np/pd) मार्फत पेश गर्नुपर्नेछ ।
घटिमा पचास हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोल गर्न पाइने यो ऋणपत्रको व्याज अर्धवार्षिक रुपमा पाइने छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन तथा दिन समेत पाइने बताइएको छ । ०७९ वैशाख वैशाख ६ गते सावाँ समेत भुक्तानी गरिनेछ ।


