Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

युनाइटेड मोदीको आईपिओ बाँडफाँड, ६५ हजार पाँच सय आवेदकले पाए सेयर

२०७३ चैत्र ३१ गते

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले हालै जारी गरेको साधारण सेयरको बाँडफाँड विहीबार गरेको छ । कम्पनीले १७ लाख २५ हजार कित्ता आईपीओका लागि आवेदन माग गरेकोमा कुल ९७ हजार एक सय ५५ जनाले आवेदन गरेका थिए । जसमध्ये ६५ हजार पाँच सय आठ जनाले कम्पनीको सेयर पाएका छन् । एक हजार दुई सय ३० आवेदन भने रद्ध भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले लगानीकर्ताहरुलाई तीन तहमा आधार मानेर सेयर बाँडफाँड गरेको जनाएको छ । जसअनुसार, लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३३७ कित्तासम्म पाएका छन् । पाँच सय कित्ता आवेदन गरेकाले १४ कित्ता तथा १५ हजार कित्ताका लागि आवेदन दिएकाले अधिकतम ३३७ कित्ता सेयर पाएका हुन् ।

पाँच हजारदेखि ३३ हजार रुपैयाँको ३३० कित्ताको आईपीओ आवेदन गरेका लगानीकर्ता सबैले गोला प्रथाबाट १० कित्ता सेयर पाए भने ३४० कित्तादेखि माथि आवेदन गर्ने सबै लगानीकर्ताले सेयर पाएको बताइएको छ । ३४ हजारदेखि ५० हजार रुपैयाँसम्म आवेदन गरेका लगानीकर्ताले २.८० प्रतिशतका दरले र ५० हजार रुपैयाँभन्दा बढिका लागि आवेदन दिनेले २.२४ प्रतिशतका दरले सेयर पाएका छन् । कम्पनीले सेयर नपरेको रकम बैशाख ५ गतेदेखि फिर्ता गर्ने छ ।

कम्पनीले गत फागुन १९ देखि २३ गतेसम्म साधारण सेयर निष्काशन गरेको थियो । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैँया पुगेको छ ।  संस्थागत लगानीकर्ताको ७५ प्रतिशत, स्थानियको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व कायम भएको छ ।