Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्वदेशी लघुवित्तको आईपिओमा तीन अर्बको आवेदन, आस्वामा देखिएन आकर्षण

२०७३ चैत्र ३० गते

स्वदेशी लघुबित्त वित्तीय सस्था लिमिटेडले बुधबार (चैत्र २९ गते) सम्म निष्काशन गरेको प्राथमिक सेयर (आईपिओ) मा झन्डै तीन अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । कुल ८१ हजार आवेदनमार्फत उक्त अनुपातमा आवेदन परेको कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । 

लगानीकर्ताले सेयरमा आवेदन दिनका लागि आस्वाभन्दा बढी पूरानै शैलीलाई रोजेका छन् । एनएमबि क्यापिटलका अनुसार, आस्वामार्फत एक अर्ब छ करोड रुपैयाँ र पुरानै शैलीमा एक अर्ब ७३ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । 

लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड ७३ लाख रुपैयाँ बराबरको दुई लाख ७३ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।