Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालमा रहेका प्रतिबन्धित भारु साढे चार हजारका दरले साटिने

२०७३ चैत्र ३० गते

साढे चार हजार भारुका दरले नेपालमा रहेका प्रतिबन्धित पाँच सय र एक हजार दरको भारु साटिने भएका छन् । अर्थमन्त्रालयले राष्ट्र बैंकलाई पत्रचार गर्दै पाँच सय र एक हजार दरका भारु साट्न निर्देशन दिएको हो । 

केही दिनअघि नोट सटहीको व्यवस्था मिलाउन नेपाल आएको भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका कार्यकारी निर्देशक दीपाली पन्त जोशीसहितको टोलीले नेपाल राष्ट्र बैंकसँग छलफल गर्दै साढे चार हजार भारुका दरले मात्रै सटही सुविधा दिने भनेको थियो । सोही अनुरुप, सरकाले नेपाल राष्ट्र बैंकले नोट सटही गर्न निर्देशन दिएको हो ।