Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतको पाँच वर्षे रणनीति : पूर्वाधार विकासमा छ सय खर्ब लगानी गर्ने

२०७३ चैत्र २९ गते

पूर्वाधार विकासमा भारतले छ सय खर्बभन्दा बढी रकम लगानी गर्ने भएको छ । भारतले आगामी पाँच वर्षको अवधिमा पूर्वाधारमा सो लगानी गर्ने योजना बनाएको हो । उक्त रकममध्ये, ७० प्रतिशत लगानी उर्जा, सडक र सहरी पूर्वाभारको क्षेत्रमा आवश्यक भएको भारतका वित्तमन्त्री अरुण जेट्लीले बताएका छन् । भारतले आफ्नो पञ्चवर्षिय योजनामा कृषि, उर्जा, उद्योग, गरीबी उन्मूलन, मानव स्रोत, शिक्षा, सामाजिक न्याय, रोजगारी, समावेशी विकास लगायतलाई प्राथमिकतामा राखेको छ । वित्तमन्त्री जेट्लीले यो वर्ष र आगामी वर्ष भारतले क्रमशः ७.२ र ७.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने दाबी समेत गरेका छन् ।