नेपाल बंगलादेश बैंक लिमिटेडको हकप्रद सेयर निष्कान वैशाख ७ गतेदेखि सुरु हुने भएको छ । बैंकले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जेठ १० गतेसम्म निष्काशन खुला रहने हकप्रदको निष्काशन तथा विक्रीसम्बन्धी प्रबन्ध गर्ने जिम्मा ग्लोबल आईएमई क्यापिटल लिमिटेडले पाएको छ ।
बैंकको सेयरमा लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय कमलादी, साथै काठमाडौं उपत्यका भित्र न्यूरोड, भैंसेपाटी, बिजुलीबजार, कालीमाटी, कुमारीपाटी, इमाडोल, सल्लाघारी, कपन, आकाशेधारा, बालाजु, जोरपाटी, ट्याङलाफाँट किर्तिपुर, र महाराजगञ्ज शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै उपत्यका बाहिर विराजटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, नारायाणघाट, बुटवल, धनगढी, बिर्तामोड, घोराही, जनकपुर, सुर्खेत, हेटौंडा, विराटचोक मोरङ, संक्रान्ती बजार तेह्रथुम, खलंगा बजार दार्चुला, सल्यान, भैरहवा, भोजपुर, धुन्चे रसुवा, महेन्द्रपथ धरान, बट्टारबजार नुवाकोट, कर्सिया मोरङ, गल्छी धादिङ, झल्हारी कञ्चनपुर, मुसिकोट रुकुम, फिदिम पाँचथर, खैरनि चितवन, चैनपुर बझाङ, कुस्मा पर्वत र खजुरा बाँके शाखाबाट आवेदन दिन सकिनेछ ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब २० करोड ९४ लाख छ हजार आठ सय ८० रुपैयाँको तीन करोड २० लाख ९४ हजार ६८ दशमलव ८० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल नेपाल बंगलादेश बैंकको चुक्तापुँजी चार अर्ब एक करोड १७ लाख ५९ हजार रूपैयाँ छ । यसबाट ८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको पुँजी सात अर्ब २० करोड रुपैयाँ नाघ्नेछ ।


