Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

२५ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरिँदै, यस्ता छन् विशेषताहरु

२०७३ चैत्र २८ गते

नेपाल राष्ट्र बैंकले पुनः पाँच वर्षका लागि २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुका लागि उक्त वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न लागेको हो । बचतपत्र खरिदका लागि वैशाख ३ गतेदेखि २४ गतेसम्म आवेदन खुला गरिने बताइएको छ । बचतपत्रको निष्काशन भने वैशाख २९ गते गरिने बताइएको छ । 

आकर्षक व्याज
१० प्रतिशत व्याज पाइने यस बचतपत्र खरिद गरेपछि प्रत्येक छ महिनामा व्याज पाइनेछ । उक्त व्याज ब्याज बचतपत्र खरिदकर्ता आफैँले वा इच्छाइएको व्यक्ति मार्फत भुक्तानी लिन सकिन्छ । आप्mनो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी ब्याज भुक्तानी लिनको निमित्त आप्mनो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ । आफूलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुमार्फत सो व्याज भुक्तानी लिन सकिनेछ ।

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् । घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सकिने बताइएको छ । यो बचतपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सकिने छ ।

आवेदन फारम बिक्री एजेण्ट मार्फत निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ । यस बैंकको वेबसाइट www.nrb.org.np अन्तर्गत Public Debt भित्र Foreign Employment Saving Bond नामको फोल्डरबाट पनि डाउनलोड गरेर पनि प्रयोग गर्न सकिन्छ । 

आवेदन फारम पाइने तथा बुझाउने स्थानहरु यसप्रकार छन् ।