मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा संचालित ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ अन्तगर्तको तेस्रो कार्यक्रम शुक्रबार म्याग्दीको दरबाङमा आयोजना गरियो । कार्यक्रममा ३ हजारभन्दा बढीको सहभागीता रह्यो । कार्यक्रममा म्याग्दीका विभिन्न बैंक तथा वित्तीय संस्थाको सहभागीता रहेको थियो । बैंक तथा वित्तीय संस्थाका विभिन्न चेतनामूलक स्टलहरु राखिएका थिए । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यमशीलतामा लागेका व्यक्तिहरुलाई उदाहरणका रुपमा प्रस्तुत गरी बैंक तथा वित्तीय संस्थाको महत्व र त्यसबाट लिन सकिने फाइदाबारे कार्यक्रममार्फत सर्वसाधरणलाई अवगत गराइएको थियो । त्यस्तै पैसा के हो, यसको परिचालन कसरी गर्ने, बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दाका फाइदाबारे पनि सूचनामूलक स्टलमार्फत जानकारी समेत गराइएको थियो । नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको कार्यक्रमलाई वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकहरुको छाता संगठन नेपाल डेभलपमेण्ट बैंकर्स एसोसियसन र लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन माइक्रोफाइनान्स बैंकर्स एसोसियसन अफ नेपालले पनि साथ दिएका छन् ।
हेर्नुस्, कार्यक्रमका केही झलकहरु :



नेपालमा अझै पनि ६० प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेको र अझै पनि झण्डै २० प्रतिशत नागरिक साहू महाजनसँग नै कारोबार गरिरहेको तथ्यका बीच मिडिया इन्टरनेसनलले संचालन गरिरहेको यस कार्यक्रमले वित्तीय साक्षरता बढाउन निकै महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



