Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सेवा विकास बैंकले फेरि निकाल्यो लिलामीमा सेयर, सर्वसाधारणले पनि भर्न पाउने

२०७३ चैत्र २४ गते

सेवा विकास बैंकले बिहीबारदेखि पुनः सात लाख ५२ हजार एक सय ५१ कित्ता सेयर लिलामीमा निकालेको छ । यसअघि सेवाले फागुन १७ देखि २३ गतेसम्म संस्थापक समूहको १० लाख ४० हजार एक सय ७१ कित्ता सेयर र सर्वसाधारण समूहको दुई लाख २१ हजार ६०७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । त्यतिबेला संस्थापक समूहबाट आवश्यकता अनुसार आवेदन नपरेपछि बाँकी रहेको सेयर पुनः सर्वसाधारणले समेत भर्न पाउने गरी लिलामीमा ल्याइएको हो । 

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिन सक्नेछन् । यसमा अब सर्वसाधारणले पनि बोलकबोल फारम भर्न सक्नेछन् । यो लिलामी सेयरमा लगानीकर्ताले चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा सेवा विकास बैंकको प्रधान कार्यालय पुष्पलाल चोक बुटवलबाट फारम लिन र बुझाउन सक्नेछन् । 

हाल सेवाको चुक्ता पुँजी ५० करोड ६४ लाख १० हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५२ पैसा  र प्रतिसेयर नेटवर्थ एक सय ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।