भारत सरकारले केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) का गभर्नर र डेपुटी गभर्नरहरुको तलव सुविधा तीन गुणाभन्दा वढिले बृद्धि गरेको छ । सरकारले गत जनवरी १ बाट गणना हुने गरी तलब वृद्धि गरेको हो ।
जसअनुसार, गभर्नरको आधार तलब ९० हजार भारुबाट बढेर दुई लाख ५० हजार भारु पुगेको छ भने डेपुटी गभर्नरको तलब ८० हजार भारुबाट दुई लाख २५ हजार भारु पुगेको छ ।
आईबिआईमा एक जना गभर्नर र चार जना डेपुटी गभर्नर छन् । हाल आईबिआईका गभर्नर उर्जित पटेल छन् भने डेपुटी गभर्नरहरु विरल आचार्य, एनएस विश्वनाथन, एसएस मुन्द्रा र बीपी कनुंगो रहेका छन् ।


