Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हिमालयन पावर पार्टनरले सर्वसाधारणका लागि सेयर जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

२०७३ चैत्र १८ गते

हिमालयन पावर पार्टनर लिमिटेडले सर्वसाधारण सेयरधनीका लागि सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले विहीबार (चैत्र १७ गते) धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

हिमालयनले एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड ३० लाख ८३ हजार चार सय रुपैयाँ बराबरको २१ लाख ३० हजार आठ सय ३४ कित्ता सेयर निष्काशन गर्नेछ । यसका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

यसअघि हिमालयनले लमजुङका स्थानीय बासिन्दालाई १० लाख ६५ हजार ४१७ कित्ता आइपीओ बिक्री गरेको थियो । यसमा न्यूनतम ५० कित्ता आवेदन दिनेले ३४ कित्ता सेयर पाएका थिए ।