Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आईपिओ भर्न अब झनै सजिलो, नागरिकता र फोटो नचाहिने

२०७३ चैत्र १७ गते

अब आईपिओ भर्नका लागि नागरिकताको फोटोकपि र फोटो नचाहिने भएको छ । नेपाल धितोपत्र बोर्डले सबै निष्काशन तथा बिक्री प्रबन्धकलाई परिपत्र गर्दै आइपिओ भर्दा नागरिकताको फोटोकपी र फोटो नचाहिने ब्यवस्था लागू गर्न निर्देशन दिएको हो ।

डिम्याट खाता खोल्दा नागरिकताको फोटोकपि, फोटो जस्ता प्रमाण कागजात पेश गरिएको हुनाले थप झन्झट नहोस् भनेर यस्तो यस्था गरिएको धितोपत्र बोर्डले जनाएको छ । उद्योग वा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि भने नयाँ ब्यवस्था कार्यान्वयन हुने पनि बोर्डले स्पष्ट पारेको छ ।