प्राइम कमर्सियल बैंक लिमिटेडले बिराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडलाई खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । बिराटलक्ष्मीका सेयरधनीले एक सय कित्ता बराबर प्राइमको ७५ कित्ता तथा कन्ट्रीका सेयरधनीले पनि एक सय कित्ता बराबर प्राइमको ४० कित्ता सेयर पाउने गरी यी तीन संस्था एक्विजिसनमा जान लागेका हुन् । यी तीन संस्थाले आठ महिना अघि एक्विजिसन सम्झौता गरेका थिए ।
तीन वटै संस्थाले बितरण गरेको बोनस सहित अब बन्ने प्राइम बैंकको चुक्ता पूँजी छ अर्ब ३२ करोड रुपैंया पुगेको छ । बाँकी एक अर्ब ६८ करोड रुपैंया पूँजी बैंकले चालु आर्थिक वर्षको कमाई, स्वापबाट बचेको रकम र अन्य स्रोतबाट बोनस सेयर जारी गरी आठ अर्ब पूँजी पुर्याउने लक्ष्य लिइएको छ ।


