Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

उपत्यकाबाहिरका तीन सहरमा आइतबारदेखि सुरु भयो सेयर कारोबार

२०७३ चैत्र १३ गते

नेपालगञ्ज, बनेपा र विर्तामोडमा आइतबारदेखि सेयर कारोबार सुरु भएको छ । आइतवार उपत्यका बाहिर सेवा दिने ब्रोकरमा कालिका सेक्यूरिटिज (नं ४६), क्रिष्टल कन्चनजङ्गा (नं ५०), भिजन सेक्यूरिटिज (नं ३४), आर्यतारा सेक्यूरिटिज (नं ५७), श्रीहरि सेक्यूरिटिज (नं ५६) र सानी सेक्यूरिटिज (नं ४२) रहेका छन् । यीमध्ये ब्रोकर नं ४६ ले नेपालगञ्ज, ५० ले विराटनगर,३४ ले बनेपा, ५७ ले विर्तामोड र ४२ ले नारायणगढमा ब्रोकर सेवा सुरु गरेको बताइएको छ । 

नारायणघाट, बुटवल र विराटनगरमा यस अघि नै केही ब्रोकरले शाखा विस्तार गरेपनि नेपालगञ्ज, बनेपा र विर्तामोडमा भने पहिलो पटक आफ्नो शाखाबाट सेयर खरीदविक्री गर्न पाएका हुन् । रिमोट वर्क स्टेशन (आरडब्लुएस) विस्तारका लागि तोकिएको सबै शर्तहरु पूरा गरेपछि नेप्सेले ब्रोकर नं. ४२, ३४ र ५६ लाई चैत ९ गते अनुमति दिएको थियो ।