दुई वटा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरिरहेका छन् । राष्ट्रिय स्तरको कैलाश विकास बैंक र क्षेत्रीय स्तरको तिनाउ डेभलपमेन्ट बैंकले प्रशिक्षार्थीदेखि अफिसरसम्मको पदमा दरखास्त आह्वान गरेका छन् ।
रुपन्देही जिल्लाको बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउमा पाँच जना कर्मचारीको आवश्यकता छ । बैंकले अफिसर लेभलमा एक जना, सिनियर एसिस्टेन्ट एक जना, एसिस्टेन्टरजुनियर एसिस्टेन्टरट्रेनी दुई जना र मेसेन्जर एक जनाका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त फारम मार्च ३० अर्थात् यही चैत्र १७ गतेभित्र बुझाइसक्नुपर्नेछ ।
त्यस्तै, कैलाशले केही संख्यामा अफिसर÷जुनियर अफिसर लेभलको सीए÷एसीसीए र केही संख्यामा प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ५ अप्रिल अर्थात चैत्र २३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन दिने व्यक्ति ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।



