Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कुमारी बैंकले चार वित्तीय संस्था गाभ्ने

२०७३ चैत्र १० गते

एनसीसी बैंकसँगको मर्जर भाँडिएपछि आफैँ आठ अर्ब चुक्तापुँजी पुर्याउन कम्मर कसेको कुमारी बैंक लिमिटेडले चार वित्तीय संस्थालाई एकैपटक खरिद गर्ने भएको छ । बैंकले काष्ठमण्डप डेभलमेन्ट बैंक लिमिटेड, पश्चिमाञ्चल फाइनान्स लिमिटेड, महाकाली विकास बैंक लिमिटेड र काँक्रेविहार विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएको हो । यी संस्थालाई खरिद गर्ने प्रक्रिया अघि बढाउने प्रस्ताव बैंकको १६औँ साधारणसभाले पारित गरेको छ । 

सोही साधारणसभाले आफ्ना सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथमा कर प्रयोजनका लागि बैंकले एक दशमलव १० प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ । बैंकले ४ विकास बैंक प्राप्तिसम्बन्धी कार्य समाप्त भई एकीकृत कारोबार भएपश्चात् कायम हुने चुक्ता पुँजीमा थप एक अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । उक्त एक्विजिसन, बोनस सेयर र हकप्रद सेयरपछि कुमारीको चुक्तापुँजी आठ अर्ब नजिक पुग्नेछ । चालू आर्थिक वर्षमा हुने कमाईबाट बोनस सेयर जारी गरेर बैंकले आठ अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी पुर्याउने बताएको छ ।