Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तमा जागीर खाने हो ? तीन लघुवित्तमा छ कर्मचारी आवश्यकता

२०७३ चैत्र ९ गते

बैंकिङ करिअर बनाउने सोचमा हुनुहुन्छ ? यति बेला तीन लघुवित्त बैंकले ठूलो संख्यामा कर्मचारी माग गरिरहेका छन् । अनुभव नभएकालाई समेत बैंकिङ करिअर सुरु गर्ने अवसर यी संस्थाहरुले दिइरहेका छन् । 

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५१ जनाका लागि जागीर खुलेको छ । राष्ट्रिय स्तरको लघुवित्तले हाल सञ्चालनमा रहेका ४७ वटा शाखा कार्यालय तथा निकट भविष्यमा नै विस्तार गरिने नयाँ शाखा कार्यालयहरुका लागि एक जना कर्जा विभाग प्रमुख  र ५० जना कनिष्ठ सहायक माग गरेको हो । आवेदन फारम बुझाउने अन्तिम मिति चैत्र १० गते रहेको छ ।

 

आवेदन फारम डाउनलोड गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.llbs.com.np/ckfinder/userfiles/files/LxLB_JOB_%20App_Form_2073.pdf

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सात जना कर्मचारी माग गरेको छ । संस्थाले वित्त तथा ऋण विभागका लागि एक जना वरिष्ठ अधिकृत, तीन जना सहायक शाखा प्रबन्धक र तीन जना सहायक प्रशिक्षार्थी माग गरेको हो । दरखास्त दिने मिति चैत्र १३ गतेसम्म रहेको छ । 

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले केही संख्यामा बरिष्ठ सहायक, सहायक र सहायक प्रशिक्षार्थी माग गरेको हो । १८ वर्ष पूरा भई ३५ वर्ष उमेर ननाघेको र बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई चैत्र १७ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।

यदि, साँच्चै नै बैंकमा नै काम गर्न चाहनुहुन्छ भने यो नै तपाईँको लागि उचित अवसर हुन सक्छ । यी संस्थामा आवश्यक भएबमोजिम तपाईँको योग्यता छ भने तुरुन्तै एप्लाई गर्नुहोस् ।