Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कमोडिटी बजार सम्बन्धी विधेयक पारित, महँगी नियन्त्रणमा सहयोग पुग्ने

२०७३ चैत्र ८ गते

व्यवस्थापिका–संसद्ले ‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त विधेयकमाथि सांसद रेवतीरमण भण्डारी, प्रेम सुवाल र भरतकुमार शाहले धारणा राखेका थिए ।

सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महराले वस्तु बजारलाई सही मूल्य निर्धारण गर्ने, मूल्य जोखिम कम गर्ने, महँगी नियन्त्रण गर्ने लक्ष्यका आधारमा विधेयक ल्याइएको बताए । करको दायरामा विस्तार, रोजगारीको बढोत्तरी, अनुगमन तथा अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न नयाँ विधेयकले काम गर्ने जानकारी दिँदै उनलेआर्थिक अनियमितता र ठगी नियन्त्रण गर्न सकिने तथा सीमित व्यक्तिले बजार नियनत्रण गर्ने अवस्थाको समेत अन्त्य यसबाट हुने उल्लेख गरे ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही बुधबार अपराह्न ३ बजे बस्नेछ । रासस