Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तीन कम्पनीलाई आईपिओ निष्काशनको अनुमति, ११ लाख कित्ता सेयर जारी गरिने

२०७३ चैत्र ८ गते

नेपाल धितोपत्र बोर्डले तीन वटा कम्पनीलाई साधारण सेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई चैत्र ७ गते, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई चैत्र ४ गते र राधी जलविद्युत् कम्पनी लिमिटेडलाई चैत्र ३ गते आईपिओ निष्काशन गर्नका लागि अनुमति दिएको हो । यी कम्पनीले कुल ११ करोड १० लाख रुपैयाँको सेयर जारी गर्नेछन् । 

स्वदेशी लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयर निष्काशन गर्नेछ । लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

त्यस्तै, माहुली लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता सेयर निष्काशन गर्नेछ । सेयर निष्काशनका लागि लघुवित्तले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

त्यसैगरी, राधी विद्युत कम्पनीले आयोजना प्रभावित लमजुङ बासीका लागि एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड १० लाख रुपैयाँ बराबरको चार लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । सेयर निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

बोर्डबाट सेयर जारी गर्ने अनुमति पाइसकेका यी कम्पनीले छिटै नै सेयर निष्काशन सुरु गर्नेछन् ।