Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैशाख १५ भित्रै उपत्यकाबाहिर शाखा खोल्न ब्रोकरलाई नेप्सेको निर्देशन

admin २०७३ चैत्र ७ गते
सेयर:

नेपाल स्टक एक्सचेञ्जले उपत्यकाबाहिर तुरुन्त शाखा विस्तार गर्न सेयर ब्रोकरहरुलाई आदेश दिएको छ । नेपाल धितोपत्र बोर्डले कानुनी प्रक्रिया नपुगेको भन्दै शाखा विस्तार नगर्न निर्देशन दिएको भोलिपल्ट (सोमबार) एक विज्ञप्ति जारी गर्दै नेप्सेले यस्तो निर्देशन दिएको हो । 

४१ ब्रोकर कम्पनीले शाखा विस्तारको स्वैच्छिक आवेदन दिएकोप्रति ध्यानाकर्षण गराउँदै नेप्सेले बैशाख १५ भित्र शाखा खोलिसक्न ब्रोकरहरुलाई निर्देशन दिएको छ। नेप्सेद्धारा जारी विज्ञप्तिमा भनिएको छ – "पुँजीबजार विस्तारका लागि मुलुकको विभिन्न भागहरुबाट लगानीकर्ताहरुलाई उनीहरुको बचत परिचालन गर्न सक्षम बनाउनुका साथै दोश्रो बजार पहुँचलाई सहज बनाउने उद्देश्यले नेप्सेका ४१ वटा सदस्य दलालहरुबाट शाखा विस्तार तथा संचालन गर्न स्वेच्छिक रुपमा आवेदन प्राप्त भएको सर्वविदितै छ । नेप्सेले शाखा विस्तारका लागि मिति २०७३।१०।११ गते स्वीकृत प्रदान गरी विभिन्न शर्तहरु सहित पूर्वाधार तोकिदिएको थियो । सोही अनुरुप सम्बन्धित सदस्य दलालहरुलाई यस सम्बन्धमा भएको प्रगति विवरण पेश गर्न मिति २०७३।११।२४ गते पुनः पत्राचार गरिएकोमा केही आवेदक सदस्य दलालहरुबाट तोकिएको मापदण्ड पूरा गरेको विवरण प्राप्त हुन नआएकोले २०७४ वैशाख १५ गते सम्म तोकिएको मापदण्ड पूरा गरेर शाखा विस्तार गरी संचालन गर्न हुन जानकारी गराईएको छ ।" उक्त मितिभित्र शाखा स्थापना गर्न नसक्ने भएमा अन्य ईच्छुक सदस्य दलाल कम्पनीहरुलाई शाखा विस्तार स्थापनाका लागि अवसर दिईने समेत नेप्सेले स्पष्ट पारेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।