Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तको व्याजदर सिमामा हेरफेर नहुने

२०७३ चैत्र ५ गते

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंककले तोकेको लघुवित्तको व्याजदर सिमामा पुनरावलोकन गर्न नसकिने बताएका छन् । चौथो लघुवित्त सम्मेलको समापन समारोहमा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले व्याजदर सिमामा राष्ट्र बैंकले हेरफेर नगर्ने स्पष्ट पारेका हुन् । लघुवित्तहरुको चौथो राष्ट्रिय सम्मेलनको समापन समारोहमा प्रस्तुत गरिएको १७ बुँदे घोषणा पत्रको तीन बुँदामा विमति रहेको वताउँदै डेपुटी गभर्नर शिवाकोटीले भने, ‘पहिले साहु महाजनले ४५÷५० प्रतिशतमा व्याज लिइरहेको समयमा तपाईहरुले २५ प्रतिशत व्याज लिनुपनि सही थियो होला तर अहिले गाउँ–गाउँमा सहकारी पुगेका छन्, उनीहरुले १२ प्रतिशतमा नै कर्जा दिन्छन ।’ ब्याज नघटाउने हो भने लघुवित्तहरु टिक्न नसक्ने उनले चेतावनी समेत दिए ।
पटक–पटक भन्दा पनि लघुवित्तहरुले व्याज दरमा ध्यान नदिएको र सरकारमा समेत लघुवित्त बिरुद्ध उजुरी परेपछि राष्ट्र बैंकले बाध्य भएर नीति ल्याउनु परेको उनको स्पष्टोक्ति थियो । राष्ट्र बैंकले तोकेको ग्रामिण भेगका बिपन्न वर्गमाझ खटिने लघुवित्तहरुलाई शून्य व्याजदरमा कर्जा दिन राष्ट्र बैंक तयार रहेको शिवाकोटीले वताए । शिवाकोटीले लघुवित्त संस्थाको संख्या निकट भविष्यमा नै ८० पुग्न लागेकोले पनि यसपछि पुँजी वृद्धि तर्फ ध्यान दिन लघुवित्त संस्थाहरुलाई सुझाव दिए । लघुवित्तहरुको संख्या बढ्दै जाने तर पूँजी बृद्धिमा ध्यान नदिने हो भने लघुवित्तहरु पनि मर्जरमा जाने नीति बनाउन राष्ट्र बैंक बाध्य हुने शिवाकोटीले चेतावनी समेत दिए ।