Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय लघुवित्त सम्मेलन काठमाडौंमा जारी

२०७३ चैत्र २ गते

रोयल आचार्य –
लघुवित्तहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा बुधबार उद्घाटन भएको छ । तिन दिन सम्म चल्ने सम्मेलन आज बिहान नेपाल सरकारका अर्थमन्त्री कृष्ण बहादुर महराले उदेघाटन गरेका हुन् । सम्मेलनमा देशभरका लघुवित्तहरुबाट एक सय भन्दा बढी प्रतिनीधिहरु सहभागी छन् । काठमाडौंको याक एण्ड यति होटलमा भइरहेको सम्मेलनमा बिभिन्न बिषयमाथी छलफल चलिरहेको छ । कार्यक्रम उद्घाटन गदै उपप्रधान एवं अर्थमन्त्री कृष्ण बहादुर महराले लघुवित्तहरुलाई कुनै पनि सहयोग गर्न नेपाल सरकार सदैव तत्पर रहेको वताए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महराले भने–‘लघुवित्तहरुग्रामिण अर्थतन्त्रलाई सवल र सक्षम बनाउन लागिपर्ने एक हिस्सा हो यसलाई सरकारको सदैब सहयोग रहनेछ ।’

ग्रामिण भेगका गरिब जनताको आयस्तर बोकेका लघुवित्तहरुलाई पूँजिको अभाव नदिने अर्थमन्त्री महराले वताए । कार्यक्रमका बिशेष अतिथीको रुपमा बोलाईएका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले लघुवित्तहरुले आफूलाई बैंकसँग तुलना गरेर अघि बढ्नु आवस्यक नरहेको वताए । कार्यक्रमा बोल्दै गभर्नर डा. नेपालले लघुवित्तहरुको उद्देश्य मानिसलाई अर्वपनि बनाउन होइन, गरिबको आर्थिक स्तर उकास्नका लागि हो भन्दै सोहि अनुसार कार्य गर्न लघुवित्तहरुलाई अनुरोध गरे । काठमाडौंको याक एण्ड यति होटलमा जारी सो सम्मेलन शुक्रवार अपरान्ह नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर चिन्तामणी शिवाकोटीले समापन शत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।