रोजगारी सिर्जना गर्ने कुरामा चीन अगाडी देखिएको छ । गत वर्षको समग्र अवधिमा चीनले एक करोड ३० लाख रोजगारी सिर्जना गरेको बताइएको छ । जसमध्ये, १५ लाख विदेशीहरुले चीनमा रोजगारी पाएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । चीनले सार्वजनिक गरेको विवरण अनुसार, सन् २०१६ मा चिनियाँ कम्पनीहरुले १५ लाख कर्मचारीहरु विदेशबाट मगाएका हुन् । यो आँकडा आशा गरिएकोभन्दा बढी भएको मन्त्रालयको ठहर छ ।
त्यस्तै, चीनले बाहिरी मुलुकमा गरेको प्रत्यक्ष लगानीको नतिजामा पनि सुधार देखिएको छ । गैरआर्थिक प्रत्यक्ष लगानीमा समेत गरी समग्रमा ४४.१ प्रतिशत वृद्धि भएको जानकारी मन्त्रालयले दिएको छ । यसले चीनको लगानी बाहिरी मुलुकमा बढिरहेको देखाउँछ ।
