Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनएमबि बैंकका नयाँ सीईओले सम्हाले कार्यभार, बैंकलाई हरेक प्रकारले उत्कृष्ट बनाउने प्रण

२०७३ चैत्र १ गते

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सुनिल के.सी. नियुक्त भएका छन्  । बैंकले चैत्र १ गते मंगलबार बैंकमै आयोजित एक कार्यक्रममा संञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितीमा अध्यक्ष पवन कुमार गोल्याणले के.सीलाई पद बहालीको लागि सपथ ग्रहण समेत गराएका छन् ।  

बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको पदमा रही कार्य गर्दै आएका के.सी.  बिगत ८ बर्ष देखि एनएमबि बैंकसँग आबद्ध छन् । २७ वर्षे बैंकिङ अनुभव संगालेका के.सी. बैंकिङ क्षेत्रमै सटिक विश्लेषण गर्न सक्ने ब्यक्तिका रुपमा चिनिन्छन् । एनएमबि बैंकलाई यो स्थानमा ल्याउनमा के.सीको महत्व पुर्ण योगदान रहेको छ । 

मंगलबार कार्यकाल समाल्दै के.सीले भने — “ बैंकलाई नाफा मात्र नभई हरेक प्रकारले उत्कृष्ट बैंक बनाउने मेरो उद्देश्य रहेको छ । बैंकले आफ्नो रणनीति अनुरुप, नाफा मात्र आधार नबनाई  स्थानीय समुदायमा समेत लगानी गर्नेछ तथा आत्मनिर्भर नेपालका लागि सर्मपित रहदै कार्यहरु गर्नेछ । एनएमबि बैंक देश कै अग्रणी बैंकहरुको सुचिमा समेत स्थापित भै सकेको छ । ”  । 

हाल बैंकको कुल ७२ शाखा ५७ एटिएम र ७ एक्टेन्सन काउन्टर रहेको छ ।