Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ क्षेत्रको जोखिम घटाउन विश्व बैंकले दश करोड डलर ऋण दिने

२०७३ फाल्गुन २२ गते

विश्व बैंकले वित्तीय क्षेत्र सुधार तथा बैंकिङ क्षेत्रका जोखिम घटाउन नेपाल सरकारलाई दश करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । नेपाल सरकारको मध्यकालीन वित्तीय क्षेत्र सुधारका लागि उक्त रकम ऋणस्वरुप प्रदान गर्न बैंकले शुक्रबार स्वीकृति जनाएको हो ।

क्षेत्रको विकास, वित्तीय प्रणालीको पुनःसंरचना तथा वित्तीय क्षेत्र सुदृढीकरण, जोखिम व्यवस्थापन, बैंक तथा बीमा संस्थाको भुक्तानी प्रणालीको सुदृढीकरण तथा नियमन र बैंकिङ क्षेत्रको पारदर्शिता एवम् सुशासन प्रवद्र्धनका लागि स्वीकृत भएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस