March 3rd, 2017

नेपालमा लगानी गर्न विदेशी उत्साहित, झण्डै १४ खर्बको प्रतिवद्दता, सबैभन्दा बढी चीनले पौने ९ खर्ब लगानी गर्ने

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा झण्डै साढे १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । विभिन्न देशबाट लगानी सम्मेलनमा सहभागी २ सय ५० भन्दा बढी विदेशी लगानीकर्ताले १३ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात १४ खर्ब ३३ अर्ब रुपैयाँको प्रतिबद्धता जनाएका हुन् ।
काठमाडौंमा दुई दिनसम्म चलेको लगानी सम्मेलनमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता चीनबाट आएको छ । चीनले ८ अर्ब ३० करोड अमेरिकी डलर अर्थात आठ खर्ब ८० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । चीनपछि बंगलादेशले २ सय ४० विलियन डलर अर्थात दुई खर्ब ५४ अर्ब रुपैयाँको लगानी प्रतिवद्दता जनाएको छ ।
बंगलादेश पछि जापान र बेलायतले समेत एक÷एक अर्ब अमेरिकी डलर अर्थात एक खर्ब सात अर्ब रुपैयाँ लगानीको प्रतिवद्दता जनाएका छन् । यस्तै श्रीलंकाको लगानीकर्ताले ५० करोड अमेरिकी डलर अर्थात ५३ अर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिबद्धता जनाएका छन् ।
दक्षिणी छिमेकी देश भारतले भने जम्मा ३ सय १७ मिलियन अर्थात ३३ अर्ब ६० करोड रुपैयाँको लगानी प्रतिबद्धता जनाएको छ । नेपाली लगानीकर्ताले पनि ११ करोड ५० लाख मिलियन डलर अर्थात करीब १२ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । लगानी बोर्ड र उद्योग मन्त्रालयको संयुक्त आयोजनामा भएको सम्मेलनबाट ४ खर्बको लगानी प्रतिवद्दता आउने अपेक्षा गरिएको थियो । तर त्योभन्दा झण्डै चार गुणा बढीको लगानी प्रतिवद्दता आएको हो ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]