Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रतिबन्धित भारु सटहीबारे छिटै निर्णय हुने 

२०७३ फाल्गुन २० गते

नेपालमा रहेका प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट सटहीको विषय अब छिटै नै टुंगो लाग्ने भएको छ । भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालमा रहेका प्रतिबन्धीत भारतीय नोट सटहीको सम्बन्धमा आफ्नो तर्फबाट विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् । विहीबारदेखि राजधानीमा जारी नेपाल लगानी सम्मेलनमा प्रमुख वक्ताको रुपमा आएका जेट्लीले शुक्रबार विहान भएको छोटो पत्रकार भेटघाटका क्रममा यस्तो बताएका हुन् । उनका अनुसार, भारु सटहीका विषयमा दुई देशबिच कुराकानी भइरहेको छ । यस विषयमा छिटै नै निर्णय गरिने समेत उनले बताए । 

जेट्लीले विहीबार साँझ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालसँग होटल द्धारिकामा विशेष भेटवार्ता गरेका थिए । सो क्रममा उनले नेपालमा लगानी बढाउनको लागि आयोजना गरिएको सम्मेलनप्रति आफू धेरै नै खुसी भएको बताएका थिए ।