नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी रुपमा अघि बढाउन आस्वाको अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको छ । बोर्डले एक सर्कुलर जारी गर्दै आस्वा प्रणालीलाई प्रभावकारी तथा सहज बनाउन सम्बन्धित कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गर्न अनुरोध गरेको हो । बोर्डका उपनिर्देशक निरञ्जय घिमिरेद्धारा जारी सर्कुलरमा भनिएको छ, ‘यस प्रणालीमा सहभागी कतिपय बैंक तथा वित्तीय संस्थाहरुबाट सहज ढंगले सेवा प्रदान नभएको भन्ने पाइएकोले यस प्रणालीलाई सहज तथा प्रभावकारी सम्बन्धित कर्मचारीहरुलाई शीघ्र आवश्यक तालिम तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरी क्षमता अभिवृद्धि गर्न तथा यस प्रणालीको कार्यान्वयन सम्बन्धमा कुनै समस्या देखा परेमा बोर्डलाई जानकारी गराउन निर्देशानुसार अनुरोध गर्दछु ।’ यस सम्बन्धमा आवश्यक परेमा बोर्डबाट समेत आवश्यक सहयोग प्रदान गर्न सकिने बताइएको छ । हालसम्म ४१ वटा बैंक तथा वित्तीय संस्थाले आस्वा प्रणालीमा सहभागी भई सेवा प्रदान गर्न अनुमति पाएका छन् ।


