२०७३ फाल्गुन १२ गते

नुवाकोटका ६२ हजार भुकम्पपीडितले पाए अनुदानको पहिलो किस्ता, कतिले पाए दोस्रो ?

भूकम्पपछिको पुनर्निर्माणका लागि नुवाकोटमा ६२ हजार नागरिकलाई अनुदान रकमको पहिलो किस्ता वितरण भएको छ । यस्तै हालसम्म एक सय ८० नागरिकले दोस्रो किस्ताको रकमसमेत लिइसकेका छन् ।

गुनासो सम्बोधन भएका सात हजार नागरिकमा गैरलाभग्राहीसमेत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयमा निमित्त प्रमुख वेदप्रसाद गौडेलले बताए । पूर्व सांसद मञ्चले बुधवार नुवाकोटमा आयोजना गरेको अन्तरक्रियामा मञ्चका कावा अध्यक्ष झलकनाथ वाग्लेले मञ्चले भूकम्प प्रभाबित जिल्लाहरूमा अन्तरक्रिया कार्यक्रम गर्दै पुनर्निर्माणको क्रममा भएका समस्या तथा चुनौतीलाई प्रधानमन्त्रीको कार्यालयसम्म लग्ने र समस्या समाधानका लािग पहल गर्ने बताएका हुन् ।  

नुवाकोटका राजनीतिक दलले सम्बन्धित कार्यालयमा आवश्यकतानुसार कर्मचारी व्यवस्थापन नहुँदा पुनः निर्माणमा समस्या उत्पन्न भएको बताउँदै सम्बन्धित सबै कार्यालयमा आवश्यकतानुसारको कर्मचारी व्यवस्थापन र ऐननियममा छिटोछरितोपन भएमा पुनःनिर्माणले तीव्रता पाउने आशा व्यक्त गरे । गौडेलका अनुसार हाल गुनासो सम्बोधनपछि प्रबलीकरण गर्न मिल्ने भनेर तोकिएका घर पुनर्निर्माण नै गर्नुपर्ने भएको छ । गाउँघरमा निर्माण भएका ढुङगामाटाका घर प्रबलीकरणभन्दा नयाँ निर्माणमा सहज र सस्तो हुने बताइएको छ । रासस