Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हकप्रद निष्काशन रद्द गरेर एक्विजिसनमा जाँदै रिलायबल डेभलपमेन्ट बैंक

२०७३ फाल्गुन ८ गते

रिलायबल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन नगर्ने भएको छ । बैंकको गत असार १७ गतेसम्पन्न दशौँ वार्षिक साधारणसभाले पारित गरेको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय आगामी साधारणसभाबाट खारेज गर्ने बैंकले जनाएको छ । बैंकको आगामी साधारणसभा चैत्र २ गते बस्दैछ ।   

रिलायबलले आफैँ अढाई अर्ब रुपैयाँ पुँजी पुर्याएर राष्ट्रियस्तरको विकास बैंकको रुपमा कायम रहन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । ग्लोबल आईएमई बैंकसँग एक्विजिसनमा जाने सहमति गरेपछि बैंकले हकप्रद जारी गर्ने विषयमा अन्यौल थियो । अन्ततः बैंकले हकप्रद खारेज गरेर एक्विजिसनमा जाने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।