Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

डीभी बन्द हुँदै

२०७३ फाल्गुन १ गते

संयुक्त राज्य अमेरिकाले डीभी बन्द गर्ने भएको छ । अमेरिकाका दुई अनुदारवादी सिनेटर अर्कान्सासका टम कटन र जर्जियाका डेविड पर्डयुलेले माथिल्लो सदन (सिनेट) मा आप्रवासी आगमनलाई ५० प्रतिशतले कटौती गर्ने लगायतका प्रस्तावसहितको विधेयक दर्ता गराएका छन् । विधेयकमा अमेरिकामा बसोबासको वैधता हाल हरेक वर्ष १० लाख आप्रवासीले पाउँदै आएकामा त्यसलाई पाँच लाखमा झार्नुपर्ने प्रस्ताव गरिएको छ । डाइभर्सिटी भिसा (डीभी)ं बन्द गर्नुपर्ने पनि यसमा उल्लेख छ । अमेरिकी रोजगारलाई सशक्त पार्नका लागि भनिएको यो विधेयकमा पारिवारिक कोटाअन्तर्गत आफन्तलाई अमेरिकमा बसोबासको वैधता दिने नियम रोक्नुपर्ने उल्लेख छ । 

अमेरिकी कंग्रेसको दुवै सदनबाट पास भएपछि विधेयक कानुन बन्नेछ । 

अमेरिकाले डीभी भिसामार्फत हरेक वर्ष विश्वका विभिन्न देशबाट ५० हजारलाई ग्रिनकार्ड दिँदै आएको छ । डीभीमार्फत् हरेक वर्ष ४÷५ हजार नेपाली अमेरिका भित्रिँदै आएका छन् ।