Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

उत्पादनशील क्षेत्रमा बैंकहरुलाई ल्याउने वातावरण बनाइन्छ : अर्थमन्त्री महरा

२०७३ माघ २८ गते

उपप्रधान एवम अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक तरलताको अवस्थामा सुधार ल्याउने गरी आगामी बजेट केन्द्रित हुने बताएका छन् । आगामी आर्थिक बर्ष २०७४/०७५ को बजेट तथा राजस्व नीति तर्जुमा सम्बन्धमा अर्थ मन्त्रालय राजस्व परामर्श समितिले शुक्रबार बाँकेमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महराले यस्तो बताएका हुन् ।

सरकारले अनुत्पादक क्षेत्रमा गईरहेको बैंक तथा वित्तीय संस्थाको लगानीलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्ने गरी नीति तय गर्ने पनि उनले बताए । उनले उद्योगी व्यवसायीलाई न्याय दिन सक्ने र जनताको विकासलाई उचाइमा पुर्याउने बजेट ल्याइने प्रतिबद्धता समेत जनाए ।  

अन्तरक्रियाका अन्य सहभागीहरुले आगामी आर्थिक वर्षको बजेट कृषि विकासकेन्द्रित र प्रादेशिक संरचना अनुसार ल्याइनुपर्ने सुझाव दिएका थिए । कार्यक्रमका बाँकेका व्यापारी, उद्योगपति र सरोकार भएका निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । Photo: RSS