नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई धितोपत्र निष्काशन गरेको ४० दिनभित्र र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लिमिटेडलाई ३० दिनभित्र बाँडफाँड गर्न निर्देशन दिएको छ । बोर्डले बैंक तथा वित्तीय संस्थामा रहेको लगानीयोग्य (तरलता) अभावको असर धितोपत्रको दोस्रो बजारमा समेत देखिएको भन्दै हालै थप नयाँ सेयर (एफपिओ) जारी गरेका दुई संस्थालाई छिटो बाँडफाँड गर्न निर्देशन दिएको हो । यो ब्यवस्थाले करिब तीन लाख ७० हजार लगानीकर्ताको ५५ अर्ब रुपैयाँ भन्दा बढी फिर्ता हुने बोर्डले जनाएको छ । हाल धितोपत्र निष्काशन गरेको ६० दिनभित्र बाँडफाँड गरिसक्नुपर्ने प्रवधान रहेको छ ।



