२०७३ माघ २७ गते

महिला शसक्तिकरणमा लघुवित्तको भूमिका महत्वपूर्ण

रोयल आचार्य-

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले लघुवित्तका लागि आवस्यक सहयोग गर्न राष्ट्र बैंक सदैव तयार रहेको वताएका छन् । स्वावलम्बन विकास केन्द्रद्वारा आयोजित ‘लर्निङ फ्रम द ग्रामिण फाइनान्ससियल सिष्टम’ कार्यक्रमको उद्घाटन गर्दै डेपुटि गभर्नर सिवाकोटीले सो कुरा वताएका हुन् । कार्यक्रमको उद्घाटन शत्रलाई सम्बोधन गर्दै शिवाकोटीले भने –‘नेपालमा महिला शसक्तिकरण, सामुदायिक विकास र वित्तीय साक्षरतामा लघुवित्तहरुको भूमिका महत्वपूर्ण छ ।’ नेपालका लघुवित्तहरुबाट हाल २४ लाख ३७ हजार सदस्यहरुले सेवा पाइरहेका र वर्तमान अवस्थामा १५ लाख ३० हजार लघुवित्तका सदस्यहरुले कर्जा लिएर उद्यमशिलता तिर लागेको भन्दै शिवाकोटीले लघुवित्तहरुकोे प्रशंसा गरे ।

अन्तर्राष्ट्रिय लघुवित्त सँस्थाहरुले अपनाइ आएका लघुवित्त कार्यक्रम सम्बन्धमा छलफल एवं यस क्षेत्रका अग्रणी व्यक्तित्वहरुको विचारधारा बारे जानकारी प्राप्त गर्न आयोजित सो कार्यक्रममा बोल्दैै स्वाबलम्बन विकास केन्द्र (सिडिएस) का अध्यक्ष शंकरमान श्रेष्ठले कार्यक्रमको उद्देश्य र आवश्यकता बारे प्रष्ट पारे । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले भने –‘लघुवित्तहरुका लागि नेपालमा हाल देखिएका समस्या र चुनौति पत्ता लगाउन कार्यक्रमको आयोजना गरिएको हो ।’ लघुवित्तहरुको समस्या आफै सिर्जना गरेको र समाधान पनि आफैले खोज्नु पर्ने भन्दै अध्यक्ष श्रेष्ठले लघुवित्तका सदस्यहरुलाई कर्जाको सदुपयोग बारे थप चेतना जगाउनु आवस्यक रहेको वताए । लघुवित्तकर्मीहरु तथा बंगलादेशबाट आएका ग्रामीण ट्रष्टका म्यानेजिङ डाइरेक्टर अब्दुल हेई खान र सोहि ट्रष्टका डेपुटी जनरल म्यानेजर हुसेन चौधरीसँग वार्ता गर्न पाउनु लघुवित्तकर्मीका लागि ठूलो अवसर भएको अध्यक्ष श्रेष्ठले वताए । 

दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा नेपालको पूर्व मेचिदेखि पश्चिम महाकाली सम्मका बिभिन्न लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बिभिन्न बैंक वित्त सँस्थाहरुका प्रतिनीधिहरुको सहभागीता रहेको छ । नेपालका लघुवित्तहरुका समस्या र चुनौती तथा अन्तराष्ट्रिय लघुवित्त सँस्थाहरुले  अपनाई आएका लघुवित्त कार्यक्रमलाई अझ प्रभावकारी एवं सवल बनाउन ग्रामीण बैंक बंगलादेशको सहकार्यमा स्वावलम्बन विकास केन्द्र सिडिएसले यस कार्यक्रमको आयोजना गरेको हो । यस कार्यक्रमबाट लघुवित्त सँस्थाहरुको समस्या र चुनौतिको समाधान गर्न सफल हुने विश्वास लिइएको छ ।