Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मनपरी व्याज बढाउने बैंकहरु कार्बाहीमा पर्ने 

२०७३ माघ २७ गते

आफूखुसी मनपरी व्याज बढाउने बैंकहरु कार्बाहीमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आफुखुसी ऋणको ब्याजदर नबढाउन बैंकहरुलाई निर्देशन दिइसकेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई यस्तो निर्देशन दिएलगत्तै राष्ट्र बैंकले आफूखुसी व्याज बढाउने बैंकमाथि कार्बाहीको तयारी गरेको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव देखाउँदै मनपरी व्याजदर तोक्दै आएका छन् । राष्ट्र बैंकको निर्देशन पालना भएन भने कार्बाहीको प्रकृया अघि बढ्ने छ । कार्बाहीको प्रकृया अघि बढाउनुपूर्व गभर्नर नेपालले बैंकवित्त कम्पनिलाई बुधबार सचेत गराएका थिए । मुद्दती निक्षेपमा धेरै व्याज बढेपनि बचतको ब्याज बढेको छैन । यसमा पनि राष्ट्र बैंकले ध्यानाकर्षण गराएको छ ।