Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तरलता अभावको नाममा व्याजदर बढाउँदा उद्योगधन्दा धरापमा

२०७३ माघ २६ गते

तरलता अभावमा नाममा व्याजदर बढाउँदा उद्योगधन्दामा असर परेको भन्दै नेपाल उद्योग परिसंघ (सिएनआइ) ले सोको विरोध गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै परिसंघले बैंकहरुले उद्योग धन्दा नै बन्द हुने गरि ऋणको ब्याज वढाएर सम्झौताविपरीत काम गरेको जनाएको छ । ‘पहिले नै सम्झौता भइसकेका उद्योगलाई समेत ब्याज बढेको पत्र पठाउने क्रम सुरु भएको छ,’ परिसंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंकहरुले छोटो अवधिको निक्षेपमा पनि १२ प्रतिशत ब्याज दिइरहेका छन् । बढि ब्याज दिइएको निक्षेपको हिस्सा कम भएकाले लागत कम छ । तैपनि बैंकहरुले समग्र ऋणको ब्याज भने बढाइरहेका छन् ।’

राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड दर) को सीमासमेत नाघ्ने गरि बैकहरुले कर्जाको ब्याज दर बृद्धि गरेको परिसंघको तर्क छ । विज्ञप्तिमार्फत परिसंघले तरलता अभाव र ब्याज दर बृद्धिको समस्या हल गर्न सरकार, राष्ट्र बैंक र सरोकारवालासँग आग्रहसमेत गरेको छ ।