Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

खुल्यो वैदेशिक रोजगार बचतपत्र : हेर्नुस्, कहाँबाट दिने आवेदन ?

admin २०७३ माघ १७ गते
सेयर:

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक अन्तगर्तको राष्ट्र ऋण व्यवस्थापन विभागलेसोमवारदेखि ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र विक्री सुरु गरेको छ । पाँच वर्षे अवधिको ‘वैदेशिक रोजगार बचतपत्र २०७८’ आगामी फागुन १७ गतेसम्म खुला रहने र बचतपत्रको बाँडफँड आगामी फागुन २३ गते गरिने राष्ट्र बैंकले जनाएको छ । ०७८ फागुन २३ गते सावाँसहित रकम फिर्ता हुने र हरेक छ महिनामा व्याज भुक्तानी गरिने समेत जानकारी दिइएको छ ।

यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ४ महीना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरीद गर्न पाउने छन् । कम्तीमा पाँच हजार रुपैयाँदेखि र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मको बचतपत्र खरिद गर्न पाइनेछ । केन्द्रीय बैङ्कका अनुसार यो बचतपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ । यो बचतपत्र खरीद विक्रीसम्बन्धी अन्य व्यवस्था प्रचलित ऐन, नियम तथा वैदेशिक रोजगार बचतपत्रसम्बन्धी कार्यविधि, २०६९ तथा खुलाबजार सञ्चालन समितिको निर्णयबमोजिम हुनेछ ।

कहाँबाट किन्ने ?
वैदेशिक रोजगार बचतपत्र खरीद गर्न नेपालभित्र १३ ओटा विक्री एजेण्ट तोकिएका छन् । विक्री एजेण्ट बैङ्कमा सिटिजन्स् (कमलादी), एनएमबी (बबरमहल), नबिल (तीनधारा) दरबारमार्ग, माछापुच्छ्रे (लाजिम्पाट), प्रभु (अनामनगर), सनराइज (गैह्रीधारा), सिद्धार्थ (हात्तीसार), सानिमा (नक्साल), सेञ्चुरी कमर्शियल (पुतलीसडक), प्रभु मनी ट्रान्सफर (लैनचौर), सिटी एक्सप्रेस मनी ट्रान्सफर (कमलादी), आईएमई (पानीपोखरी) र सेवा रेमिट (कुलेश्वर)मा आवेदन बुझाउन सक्नेछन् ।

नेपालबाहिर कतार, मलेशिया, अमेरिका, भारत, साउदी अरब, यूएई, जापान, कोरिया, बहराइन, अष्ट्रेलिया, यूकेलगायत देशमा ८ ओटा विक्री एजेण्ट तोकिएका छन् । आईएमई, प्रभु मनि ट्रान्सफर, प्रभु बैङ्क, सेञ्चुरी कमर्शियल बैङ्क, सनराइज बैङ्क, सेवा रेमिट र सानिमा बैङ्कको विभिन्न देशमा रहेका शाखामार्फत आवेदन बुझाउन पाइनेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।