फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले छ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । कम्पनीको साधारण सेयर निष्काशनमा आस्वा लागू गरिएको छ । योसँगै आस्वा लागू हुनेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स पहिलो वित्तीय संस्था बनेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । कम्पनीले यसअघि नै ३० हजार कित्ता सेयर कर्मचारीलाई ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकी ५ लाख ४० हजार कित्ता सेयरमा आम सर्वसाधारणले आवेदन पाउने छन् । कम्पनीको सेयरमा न्यूनतम ५० कित्ता (५ हजार रुपैयाँ) र अधिकतम ३ हजार कित्ता (३ लाख रुपैयाँ) सम्म आवेदन दिन पाइनेछ । माघ ९ गतदेखि निष्काशन खुला भएको सेयर छिटोमा माघ १३ र ढिलोमा माघ २३ गते बन्द हुनेछ । कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ ।
आस्वा प्रणालीबाट यसरी दिनुहोस् सेयर आवेदन (रिपोर्टसहित)
दुहबी सुनसरीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा फरवार्डको शाखा कार्यालय झौखेल भक्तपुर, उग्रचण्डी नाला काभ्रे, विराटनगर मोरङ, हात्तीमुढा मोरङ, रंगेली मोरङ, यर्लाबारी मोरङ, इनरुवा सुनसरी, धरान सुनसरी, खनार सुनसरी, धनकुटा धनकुटा, वसन्तपुर तेह्रथुम, खाँदबारी संखुवासभा, भोजपुर भोजपुर, वित्तामोड झापा, दुधे झापा, इलाम इलाम, फिदिम पाँचथर, ताप्लेजुङ ताप्लेजुङ, फत्तेपुर सप्तरी, गाईघाट उदयपुर, कटारी उदयपुर, मिर्चैया सिरहा, बर्दिबास महोत्तरी, मलंगवा सर्लाही, चन्द्रपुर रौतहट, कलैया बारा, सिर्सिया पर्सा, गोपीगञ्ज नवलपरासी, धकधई रुपन्देही, चन्द्रौटा कपिलवस्तु, सोनपुर दाङ, नेपालगञ्ज बाँके, सानोश्री बर्दिया, धनगढी कैलाली, सडकपुर कैलाली, महेन्द्रनगर कञ्चनपुर, दैजी कञ्चनपुर र सम्पर्क कार्यालय सिनामंगल, काठमाडौंबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् । त्यस्तै एभरेष्ट बैंक लिमिटेडको काठमाडौंमा न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा फारम भर्न सकिनेछ । उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट पनि फाराम लिन र बुझाउन सकिनेछ ।
हाल फरवार्ड कम्युनिटीको चुक्तापुँजी १४ करोड रुपैंया रहेको छ । आईपिओ जारी गरेपछि संस्थाको चुक्तापुँजी २० करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, आईपिओ जारी गरेपछि कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व ७०ः३० कायम हुनेछ ।
