२०७३ माघ ७ गते

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले आज सपथ खाँदै, यस्तो छ तयारी (विशेष रिपोर्ट)

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार (आज) ४५ औँ राष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्दैछन् । राजधानी वाशिङटनस्थित ह्वाइट हाउसमा नेपाली समयअनुसार आज राति सवा १० बजे ट्रम्पले सपथ ग्रहण गर्नेछन् । उनको सपथ ग्रहण समारोहमा लाखौँ मानिसहरुको सहभागिता रहने बताइएको छ । शुक्रबार सबैको नजर ह्वाइट हाउसमा ट्रम्प औपचारिक रुपमा अमेरिकाको राष्ट्रपति बन्ने समारोहपट्टि केन्द्रित हुनेछ ।  

डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनलाई पराजित गर्दै ह्वाइट हाउसको कुर्सीमा आफ्नो स्थान पक्का गरेका ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीशले सपथ खुवाउनेछन् । उनको सपथको तयारी पूरा भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

यस ऐतिहासिक क्षणसँग जोडिएका सबै कुरालाई तयार पारि बीबीसी हिन्दीका ब्रजेश उपाध्यायले तयार पारेको रिपोर्टको नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ । 
वाशिंटनमा २० जनवरी जब बिहान हुन्छ तब राष्ट्रपति ओबामा ह्वाइट हाउसको पलङबाट आँखा खोल्छन् । तर जब रात पर्छ त्यहाँ ओबामा नभएर डोनाल्ड ट्रम्प निदाउनेछन् । 

दिउँसोको ठीक १२ बजेसम्म ह्वाइट हाउस ओबामाको हुनेछ । परम्पराअनुसार एक मिनटअघि पनि नयाँ राष्ट्रपति त्यहाँ प्रवेश गर्न पाउने छैनन् । 
वर्षौँदेखि चलिरहेको परम्पराअनुसार शासन परिवर्तनका लागि ह्वाइट हाउसका कर्मचारीसँग मात्र ६ घन्टाको समय हुन्छ ।

बिहान झण्डै साढे १० बजे जब डोनाल्ड ट्रम्प उद्घाटन भाषणका लागि तयार हुन्छन्, दुई ठूला ट्रक ह्वाइट हाउस भित्र पस्छन् र विपरीत दिशातिर फर्केर बस्छन् । 
सयभन्दा बढी स्टाफ तैनाथीका साथ एक ट्रकमा राष्ट्रपति ओबामाको बाँधेको सामग्री राख्न सुरु गर्छन् र, दोस्रो ट्रकदेखि डोनाल्ड ट्रम्पका सामान उतार्न थाल्छन् ।
मिडियालाई बताइएअनुसार ह्वाइट हाउस व्यवस्थापनले सबै कुरा फौजी तन्दुरुस्तका साथ हुने बताएको छ । 

त्यस्तै तरिकाले पर्खालको रंगरोगन हुन्छ । नयाँ कार्पेट लगाइन्छ । सिसाहरूको सरसफाइ गरिन्छ । र, साँझ परेपछि १ सय ३२ कोठाको ह्वाइट हाउस नयाँ राष्ट्रपति र उनको परिवारलाई स्वागत गर्न तयार हुन्छ । 

विशेषतः जब नयाँ राष्ट्रपति ह्वाइट हाउसमा प्रवेश गर्दैनन् तबसम्म सबै जिम्मेबारी उनको आफ्नै हुन्छ ।

बाराक ओबामा जब सन् २००९ मा सिकागोबाट वाशिंटन आएका थिए, त्यतिबेला उनले सबै ढुवानी खर्च आफैँ बेहोरेका थिए । र जब एकपटक उनको सामाग्री ह्वाइट हाउसका स्टाफको जिम्मा हुन्छ ।

तब, त्यसलाई कसरी खोल्ने, कहाँ राख्ने सबै काम कर्मचारीको जिम्मेवारी हुन्छ । 

सामान्यतया सबै राष्ट्रपति र उनकी श्रीमतीले ह्वाइट हाउसभित्रको सजावटमा आफ्नो तरिकाले परिवर्तन गर्छन् । डोनाल्ड ट्रम्प आफ्नी पत्नी मेलानिया ट्रम्पसँग चमकदार पेन्टिङ, सुनौलो पलङ, महँगो झुमर र कलाकारिताले सजिएको ठाउँमा बस्ने बानी परेका छन् ।

तर उनले भनेका छन्, कि उनी ह्वाइट हाउसको सजावटमा कुनै विशेष परिवर्तन गर्ने छैनन् । त्यही पनि नयाँ राष्ट्रपति भित्र प्रवेश गर्छन् र पछि केही फेरबदल गर्न सक्छन् । न्युयोर्क पत्रिकाका अनुसार मेलानिया ट्रम्प एक ‘ग्लामरस रुम’ बनाउन चाहन्छिन् । जुन उनको मेकअप र साजसज्जाका लागि हुनेछ । 

पत्रिकाका अनुसार उनको मेकअपमा सवाघण्टा समय लाग्छ र उक्त कोठाको प्रकाश र बाँकी सजावटमा विशेष ध्यान दिइनेछ । सामान्यतया ऐतिहासिक महत्वको वस्तुहरुमा परिवर्तन गरिँदैन । तर, पूर्व राष्ट्रपतिहरूले केही सानातिना परिवर्तन भने गरेका थिए । 

ओबामाले एक टेनिस कोर्टलाई बास्केटबल कोर्टमा परिवर्तन गराएका थिए । फोर्डले एक आउटडोर स्विमिङ पुल बनाएका थिए र क्लिन्टनले सातआठ सिटवाला एक हट टब बनाएका थिए ।

बीस जनवरी साँझ जब ट्रम्प आफ्नो भाषण, परेड र इनगरल बल भनिने समारोहबाट फर्किन्छन् तब केही खाना तयार हुन्छ । जुन ह्वाइट हाउसको भान्सेको मनपराइएको हुनेछ । तर, अर्को बिहानबाट मनपर्ने नपर्ने मात्र डानल्ड ट्रम्पको निर्णय हुनेछ ।