२०७३ माघ ५ गते

नेपाल बैंकबाट सरकारले हात झिक्दै : असार मसान्तभित्र सेयर विक्री गरिने

नेपाल सरकारले नेपाल बैंकमा रहेको सेयर रणनीतिक साझेदारलाई विक्री गर्ने भएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले बुधबार अर्थमन्त्रालयमा यस्तो घोषणा गरेका हुन् ।

छ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी रहेको नेपाल बैंकमा हाल ६२.२१ प्रतिशत सेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ । सो सेयर सरकारले बिनिवेश प्रक्रियाद्धारा आगामी असार मसान्तभित्रमा विक्री गरिसक्ने अर्थमन्त्री महराले बताए । 

नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक हो । हाल यस बैंकले बैकिङ्ग प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी १३० वटा शाखा मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै व्यावसायिक सम्भाव्यताको आधारमा विगतमा विस्थापित शाखाहरु पुनःस्थापना गर्ने कार्य पनि क्रमिक रुपमा भैरहेको बैंकले जनाएको छ ।