
बैंकिङ खबर / प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई कर्पोरेट क्लब एचिभर्स अवार्डबाट सम्मान गरेको छ ।
चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म आयोजित कार्यक्रममा देशभरबाट करिब २०० जना अभिकर्ता तथा कम्पनीका व्यवस्थापक सहभागी थिए । कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्नुका साथै ‘पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षणसमेत दिइएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताको योगदानलाई मूल्यांकन गर्दै सम्मान गरिएको बताए । उनले आगामी दिनमा पनि अभिकर्ताको व्यवसायिक क्षमता र मनोबल अभिवृद्धिका लागि कम्पनीले निरन्तर सहयोग गर्ने बताए ।
कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को उपलब्धिलाई आधार बनाएर चालु आर्थिक वर्षमा थप व्यवसाय विस्तार गर्ने लक्ष्य रहेको बताए ।