गण्डकी विकास बैक र फेवा विकास बैक मर्ज हुने भएका छन् । पोखरास्थित गण्डकी विकास बैंकको शनिबार सम्पन्न विशेष साधारण सभाले पोखराममै रहेको फेवा विकास बैंकसँग मर्जर गर्ने प्रस्ताव पारित गरेको हो । भने सोही दिन फेवा विकास बैंकको नवौँ बार्षिक साधरण सभाले पनि गण्डकीसँगको मर्जर प्रस्ताव पारित गरेको हो ।
नेपाल राष्ट्र बैंकद्धारा निर्दिष्ट न्यूनतम चुक्ता पुँजी पुर्याउने समय ६ महिनामात्र बाँकी रहँदा यी दुई विकास बैंक मर्जरमा जान लागेका हुन् । मौद्रिक नीतिअनुसार आगामी असार मसान्तभित्र राष्ट्रियस्तरका विकास बैंकले न्युनतम साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुयाउनुपर्नेछ ।
	 गण्डकीको साधारण सभाले फेवा विकास बैंकसँग मर्ज प्रयोजनको लागि सेयरस्वाप अनुपात एक बराबर एक हुने प्रस्तावलाई समेत पारित गरेको छ । यस्तै मर्जरपछि गठन हुने संचालन समितिमा प्रतिनिधित्व संचालकहरु चयन गर्ने अख्तियारी पनि संचालक समितिलाई दिने सोही साधारणसभाले प्रस्ताव गरेकोे छ ।

अब दुबै बैंकले अन्तिम स्वीकृतिका लागी राष्ट्र बैंक समक्ष निवेदन पेश गर्ने छन् । राष्ट्र बैंकको अनुमतिपछि चाँडै एकीकृत कारोवार पनि गर्नेछन् । मर्जरपछि बैंकको नाम गण्डकी विकास बैंक लिमिटेड हुने बताइएको छ । बैंकको संचालक समिति अध्यक्षमा जगन बहादुर गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा रहनेछन् ।
मर्जर पश्चात बैंकको कुल चुक्ता पुँजी १ अर्व ८४ करोड ३९ लाख २६ हजार २ सय रुपैयाँ पुग्नेछ भने कुल शाखा संख्या ५० र ए.टि.एम संख्या २० पुग्नेछ । त्यस्तै मर्जरपछि कुल निक्षेप दायित्व १७ अर्व ६८ करोड रुपैयाँ एवं कर्जा लागनी १५ अर्व ४० करोड रुपैयाँ हुनेछ । त्यस्तै कुल ग्राहक संख्या २ लाख भन्दा बढी हुने बताइएको छ ।