Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मेटलाइफका ग्राहकलाई सिवेक हस्पिटलमा १५ प्रतिशतसम्म छुट

२०८३ भाद्र २४ गते

बैंकिङ खबर /  मेटलाइफ नेपालले आफ्ना ग्राहकलाई स्वास्थ्य सेवामा थप सुविधा उपलब्ध गराउन सिवेक हस्पिटलसँग सहकार्य गरेको छ । सहकार्यअनुसार ‘वान बाई मेटलाइफ’को डिजिटल लाइफ कार्ड भएका ग्राहक तथा उनीहरूका योग्य आश्रित परिवारका सदस्यले काठमाडौं र पोखरास्थित सिवेक हस्पिटलमा उपलब्ध निश्चित डायग्नोस्टिक सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

मेटलाइफका अनुसार डिजिटल लाइफ कार्डका लागि योग्य ग्राहकका आमाबुबा, पति वा पत्नी तथा छोराछोरीले समेत उक्त सुविधा उपयोग गर्न सक्नेछन् । सहकार्यअन्तर्गत सिवेक हस्पिटलमा उपलब्ध सेवामध्ये इन–हाउस ल्याबोरेटरी सेवामा १० प्रतिशत, रेडियोलोजी सेवामा १० प्रतिशत र सीटी सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

मेटलाइफ नेपालले आफ्ना ग्राहक तथा उनीहरूको परिवारलाई बीमा सेवासँगै दैनिक जीवनमा उपयोगी अतिरिक्त सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न सेवा प्रदायकसँग सहकार्य गर्दै आएको जनाएको छ। सिवेक हस्पिटलसँगको सहकार्य पनि ग्राहक सेवा विस्तारकै निरन्तर प्रयासको हिस्सा भएको कम्पनीको भनाइ छ । सिवेक हस्पिटल काठमाडौंको लाजिम्पाटमा मुख्य सुविधा रहेको स्वास्थ्य संस्था हो भने पोखरामा समेत यसको सेवा उपलब्ध रहेको छ। अस्पतालले स्थानीय तथा अन्तर्राष्ट्रिय बिरामीलाई विभिन्न स्वास्थ्य तथा डायग्नोस्टिक सेवा प्रदान गर्दै आएको छ।

मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा सञ्चालनमा रहेको छ। कम्पनीले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमालगायतका बीमा सेवा उपलब्ध गराउँदै आएको छ।