Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारु प्रतिबन्धले खोस्यो १५ लाख रोजगारीे  

२०७३ पुष २५ गते

ठूला दरका भारतीय नोटमा प्रतिबन्ध लगाएपछि लघु तथा मझौला उद्योगका मात्रै झन्डै १५ लाख कामदारले रोजगारी गुमाएका छन् । अल इन्डिया मेनुफेक्चरर्स अर्गनाइजेसन (एआईएमओ) को एक अध्ययनका अनुसार, ८ नोभेम्बरदेखि १४ डिसेम्बरसम्ममा लाखौँले रोजगारी गुमाएका छन् । एआईएमओले १३ हजारलाई प्रत्यक्ष रुपमा र तीन लाखलाई अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको छ । यो घरेलु, साना तथा मझौला आकारका उद्योगका उद्योगीहरुको संगठन हो । यसका प्राः सदस्य महाराष्ट्र र तमिलनाडुमा छन् । 

एआईएमओका राष्ट्रीय अध्यक्ष केई रघुनाथन भन्छन्, नोटबन्दीको सबैभन्दा बढी असर लघु उद्योगको उत्पादन इकाईमा परेको छ । यस क्षेत्रका ३५ प्रतिशतले रोजगारी गुमाएका छन् । समग्रमा लगभग १२ लाखदेखि १५ लाख मानिसले रोजगारी गुमाएका छन् । नोट प्रतिबन्धको दोस्रो ठूलो असर परेको क्षेत्र भनेको निर्माण क्षेत्र हो । यस क्षेत्रमा लगभग तीनदेखि चार लाख मानिसलाई जागीरबाट निकालिएको छ । 

यसको तुलनामा मझौला उद्योगहरुमा भने ज्यादा असर परेन । यस क्षेत्रमा झन्डै २० हजारदेखि २५ हजार मानिसले रोजगारी गुमाएको अनुमान गरिएको छ । यद्यपि, यकिन तथ्यांक भने सार्वजनिक भएको छैन ।   रघुनाथ भन्छन्, “उत्पादन क्षेत्रको मझौला इकाईमा कसैलाई पनि जागीरबाट तुरुन्तै निकालिँदैन । यस क्षेत्रमा केही दिन प्रतिक्षा गरिन्छ, स्थिती सुधार्ने प्रयास गरिन्छ । यस क्षेत्रमा नराम्रो असर तुरुन्त देखिँदैन । केही दिन पछि मात्रै देखिन थाल्छ ।“

नोट प्रतिबन्धको असरको अध्ययन गर्नका लागि एआईएमओले एउटा टोली गठन गरेको थियो । यसबाहेक संगठनसँग सम्बन्धित १४ राज्य ईकाईहरुबाट पनि आँकडा मगाइएको थियो । बीबीसी हिन्दी