January 9th, 2017

तीन लाख ७१ हजार कित्ता आईपिओ जारी गर्दै जोशी हाइड्रोपावर 

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले तीन लाख ७१ हजार चार सय कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले आयोजना प्रभावितका लागि सेयर निष्काशन गर्न लागेको हो । 

सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड ७१ लाख ४० हजार रुपैंया बराबरको सेयर जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।