
बैंकिङ खबर । विराटनगर–४, राजबंशीमा अवस्थित सिटिजन्स बैंकका ९ कर्मचारी निलम्बनमा परेका छन् । उनीहरुलार्य निलम्बन गरेर अनुसन्धान गरिएको छ । बैंकका कार्यालय सञ्चालन विभाग प्रमुख रोजी कँडेल सहितका कर्मचारी निलम्बनमा परेका छन् । निलम्बीत कर्मचारीलाई बैंकिङ कसुरमा कारबाही हुने छ । केहीले भने कार्बाहीमा परीने भएपछि राजीनामा दिइसकेका छन् । विराटनगर–४ स्थित राजबंशी चोकमा रहेको सिटिजन्स बैंक शाखामा ४ करोड ९१ लाख रुपैयाँ सर्वसाधारणको निक्षेप कर्मचारीको मिलेमतोमा नक्कली ऋणी खडा गरी हिनामिना गरिएको थियो ।
समाचार स्रोतका अनुसार नक्कली ऋणी देखाएर कर्मचारीबाटै करिब ५ करोड हिनामिना गरिएको हो । विराटनगर ३ राजवंशी चोकमा रहेको कञ्चनबारी शाखामा यस घटनामा जम्मा ४ करोड ९१ लाख हिनामिना भएको छ । बैंकले बेंकभित्रका कर्मचारीमाथि कारबाहीका लागि प्रहरीमा निवेदन दिएपछि कार्बाही प्रकृया अघि बढेको छ । अडिटका क्रममा ऋण लगानी शंकास्पद देखिएपछि आन्तरिक छानबिन भएको हो । नक्कली लोन सिर्जना गरेको र सुरु सुरुमा किस्ता पनि रेगुलर दिने गरेको अनुसन्धानमा खुलेको छ । तथापी किस्ता रेगुलर हुन छाडेपछि लोनको प्रक्रिया बुझ्दै जाँदा नक्कली ऋणी तयार गरिएको पाइएको हो । उनका अनुसार शाखा कार्यालय सञ्चालन विभाग प्रमुख रोजी कँडेलको अगुवाईमा अरु पनि कर्मचारी संलग्न भएको बुझिएको छ । यस अघि पनि उक्त बेंकमा यस्तै घटना भएको थियो । सिटिजन्स बैंकको कञ्चनबारी शाखबाट पाँच वर्षअघि तत्कालीन शाखा प्रमुख रुपेश राजवंशी यस्तै कार्बाहीमा परेका थिए ।
अरुले पनि सिक्नुपर्ने पाठ
यस्तो घटना फर्जी ऋणी या लोन फ्रडको रूप मा परिचित हुन्छ। बैंक भित्रै फर्जी कागजात, झुटो जानकारी, वा नकली हस्ताक्षरको प्रयोग गरेर ऋणी निकालिन्छ, जसले गर्दा बैंकलाई ठूलो आर्थिक नोक्सान हुन्छ। यस्तो समस्या रोक्नका लागि बैंकहरूले धेरै सुरक्षा उपायहरू, जस्तै केवाईसी (KYC) नियम, डिजिटल भेरिफिकेसन, र आन्तरिक अनुगमन प्रणालीहरू बलियो बनाइरहेका छन्। दुर्भाग्यवश कतिपय अवस्थामा बैंकका आन्तरिक कर्मचारीहरू नै संलग्न हुने गर्छन्, खासगरी जब उनीहरूलाई राम्रो अनुगमन नभएको वा भ्रष्टाचारको मौका मिल्छ। त्यसैले, बैंकहरूमा बारम्बार सुरक्षा जाँच, आन्तरिक अडिट, र कर्मचारीहरूबीच पारदर्शिता कायम गर्ने प्रयास गरिनुपर्छ, ताकि यस्तो घोटाला रोक्न सकियोस्।

