Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ कसुरमा नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सका योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ !

admin २०८२ चैत्र २ गते
सेयर:

बैंकिङ खबर / बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । सर्वोच्च अदालतबाट करोडौंको जरिबाना र कैद सजाय सुनाइएका श्रेष्ठलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले काठमाडौंको सितापाईलाबाट पक्राउ गरेको हो । फरार अबस्थामा रहेका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष रहेका उनीमाथि निक्षेपकर्ता र संस्थाको हित विपरीत अनियमित एवं गैरकानुनी कार्य गरेको अभियोग छ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले दिएको जाहेरीका आधारमा भएको अनुसन्धानपछि सर्वोच्च अदालतले गत २०८१ भदौ ५ गते उनलाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो । काठमाडौं महानगरपालिका वडा नं २४ वटु स्थायी घर भई हाल नागर्जुन नगरपालिका ५ सितापाईला बस्दै आएका ६९ वर्षीय श्रेष्ठ हालसम्म फरार रहँदै आएका थिए । उनलाई पक्राउपछि फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । अदालतले श्रेष्ठलाई दुई वटा मुद्दामा सजाय सुनाएको छ । जस अन्तरगत एउटा मुद्दामा १९ करोड ४६ लाख १ हजार ६ सय ६२ रुपैयाँ ३९ पैसा जरिबाना र ३ वर्ष कैद तथा अर्को मुद्दामा ३ करोड २१ लाख ३९ हजार ६ सय जरिबाना र ३ वर्ष कैदको फैसला छ । दुवै मुद्दा गरी उनलाई कुल २२ करोड ६७ लाख ४१ हजार ३ सय ४३ रुपैयाँ जरिबाना सहित ६ वर्ष कैद सजाय ठहर छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।